नव नियुक्त गभर्नर डा. पौडेलले लिए शपथ

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ७ । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग शपथ ग्रहण गरेका छन्। पौडेलले सर्वोच्च अदालत पुगेर राउतसँग शपथ लिएका हुन् । गभर्नर प्रधानन्यायाधीशसँग शपथ लिने कानुनी व्यवस्था छ । पौडेल शपथ लिएर पद बहाली गर्न नेपाल राष्ट्र बैंकतर्फ लागेका छन् । पौडेलले आज नै पदभार ग्रहण गर्दैछन् ।

सरकारले मंगलबार अर्थशास्त्री पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो । सुस्त अर्थतन्त्रलाई गति प्रदान गर्ने तथा खराब कर्जाको चपेटामा परेको बैंकिङ क्षेत्रलाई सुरक्षित अवतरण गराउनु उनको मुख्य चुनौती हो । समग्र अर्थतन्त्रको इतिहासको ज्ञाताका रूपमा आफ्नो परिचय बनाएका पौडेल अब्बल युवा अर्थशास्त्री हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर