मिडियाबाजी डटकम काठमाडौँ, जेठ ७ । काठमाडौ भित्रिने सडकको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्ड १५ दिनसम्म दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य गरिने भएको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक खण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए।