रवि लामिछानेको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा 

  जेठ ०७, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ६ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको रिट सर्वाेच्चका न्यायाधीशहरु नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ। यसअघि सो रिट ६ पटकसम्म हेर्न नमिल्ने न्यायाधीशको बेञ्चमा पर्दा सुनुवाई हुन सकेको छैन। हेर्न नमिल्ने न्यायाधीशकोमा नपर्ने गरी लामिछानेको पेसी तोकिएको हो । यसअघि आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो।

सोमबार सोहीअनुसार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो। तर लामिछानेका तर्फबाट बहस गर्ने वकिल प्रधानन्यायाधीश र पूर्वडीआईजी जोशीका तर्फबाट बहस गर्ने वकिल न्यायाधीश पाण्डेयका नातेदार परेपछि हेर्न नमिल्ने भएको थियो। लामिछानेलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै उनकी पत्नी निकिता पौडेलले गत ७ बैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी हुन्।

तपाईंको प्रतिक्रिया

थप खबर