मिडियाबाजी डटकम काठमाडौँ, जेठ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको खोजी गरेका छन् । आज (सोमबार) प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस मूल समारोह समिति गठन गर्नका लागि सम्बन्धित सबैलाई बैठकमा आह्वान गरेका थिए ।
तर, काठमाडौं महानगरपालिकाबाट मेयर बालेन नभई उपमेयर सुनिता डंगोल उपस्थित भइन् । छलफल हुने क्रममा प्रधानमन्त्री ओलीले बालेनको खोजी गरे । बालेनको नाम नलिई प्रधानमन्त्री ओलीले महत्वपूर्ण कार्यक्रमहरूमा काठमाडौं महानगरपालिकाको जनप्रतिनिधि सहभागी नहुनु राम्रो नभएको बताए । ‘महत्वपूर्ण बैठकहरूमा सहभागी हुनुपर्छ, आगामी दिनमा यस्तो नहोस्,’ प्रधानमन्त्रीले भनेका थिए । गणतन्त्र दिवस, मूल समारोह समितिको बैठकमा अनुपस्थित भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नाम समितिबाटै हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।