सेतीको पुलबाट हाम फालेका युवकको सशस्त्र टोलीले गर्‍यो उद्धार

  १० घण्टा अगाडि

  मिडियाबाजी डटकम काठमाडौँ, जेठ ३ ।   कास्कीको पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाइनापुलबाट सेती नदीमा हाम फालेका एक युवकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

नाम वतन नखुलेको अन्दाजी २०÷२१ वर्षको युवकले शुक्रबार सेतीमा हाम फालेका थिए । ती व्यक्तिले हाम फालेको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले राति ९ :३५ उद्धार गरेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर