पुँजीगत खर्च १० महिनामा ३४ प्रतिशत

  ११ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ २ ।  चालु आर्थिक वर्ष २०८१/८२ सकिन दुई महिना मात्रै बाँकी रहँदा सरकारको विकास खर्च भने निकै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा करिब एक तिहाइ हाराहारी मात्रै पुँजीगत खर्च भएको देखिएको हो । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा रु तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट छुट्याएको संघ सरकारले हालसम्म वार्षिक विनियोजनको ३४ दशमलव १६ प्रतिशत अर्थात् एक खर्ब २० अर्ब ३७ करोड बराबर मात्रै खर्च गर्न सकेको कार्यालयले जनाएको छ ।

यस्तै, चालुगत शीर्षकमा रु ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन भएकोमा वार्षिक लक्ष्यको ६७ दशमलव ७९ प्रतिशत अर्थात् रु सात खर्ब ७३ अर्ब २२ करोड बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा हालसम्मको खर्च ७१ दशमलव ९६ प्रतिशत बराबर छ । यो शीर्षकमा रु तीन खर्ब ६७ अर्ब २८ करोड बराबर विनियोजन भएकामा वैशाख मसान्तसम्ममा रु दुई खर्ब ६४ अर्ब २८ करोड खर्च भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर