बढुवा भएको चार वर्षपछि प्रहरीका वरिष्ठ सइको तलबमान र ग्रेड समायोजन

  ११ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ २ ।   लामो समयदेखि रोकिँदै आएको नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ)को तलबमान र ग्रेड समायोजन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले तलबमान र ग्रेड समायोजन गर्ने निर्णय भएको हो। कनिष्ठ प्रहरी अधिकृतहरूको बढुवा हुन लामो समय लाग्ने गरेको भन्दै ०७८ मा सरकारले प्रहरी नियमावली संशोधन गरी सइ र इन्स्पेक्टरबीच वरिष्ठ सइ पद थपेको थियो।

तर उनीहरुले खाइपाइ आएको तलब भन्दा पनि कम भएपछि असन्तुष्ट रहेका सइलाई सरकारले न्याय गरेको छ।

मन्त्रिपरिषदको यो निर्णयसँगै उनीहरूको तलब बढ्ने भएको छ। यसअघि उनीहरूले बढुवा हुँदा पनि खाइपाइ आएकोभन्दा कम तलब पाउँदै आएका थिए। ‘नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायब निरीक्षकहरूको तलबमान र ग्रेड समायोजन गर्ने,’ मन्त्रपरिषदको निर्णयमा भनिएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर