सांसद पत्नी अन्जला जोडिएको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश

  ८ घण्टा अगाडि

  मिडियाबाजी डटकम काठमाडौँ, जेठ १ ।  मोरङको धनपालथान गाउँपालिका–४ मा स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनसँग सम्बन्धित मुद्दामा उच्च अदालत विराटनगरले बिहीबार नयाँ आदेश गरेको छ । कायममुकायम मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले मुद्दाको सक्कल मिसिल झिकाउने आदेश दिएको हो । सहकारीको बचत अपचलन मुद्दामा जिल्ला अदालत मोरङको आदेशविरुद्ध सरकारी वकिल कार्यालयले उच्चमा निवेदन दर्ता गराएको थियो । निवेदनमाथि सुनुवाइ भएर सक्कल मिसिल झिकाउने आदेश भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए ।

सहकारीको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारसहित २६ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले २०८१ मंसिर २७ गते जिल्ला अदालत मोरङमा दर्ता गरेको थियो । मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला, रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान गाउँपालिका–४ का पूर्व वडाध्यक्ष रोशन चौधरी लगायतलाई प्रतिवादी बनाइएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर