मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ३१ । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा मुलुकको पहिलो आवश्यकता भएकाले शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै पनि सम्झौता मान्य नहुने बताएका छन्। बुधबार विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले सामान्य जनजीवन, विकास निर्माण र आर्थिक गतिविधि शान्ति सुरक्षाविना सम्भव नहुने उल्लेख गर्दै सबै सुरक्षा निकायहरूलाई जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न निर्देशन दिए।
उनले लोकतन्त्र भनेको अनुशासनमा आधारित व्यवस्था भएको बताउँदै अराजकता कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान परिमार्जन र परिष्करण गर्न सकिने भए पनि संविधान र प्रणालीविरोधी गतिविधि सह्य नहुने उनले बताए।