संघीय संसदका दुवै सदनको वैठक बस्दै

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ३० । संघीय संसदका दुवै सदनको बैठक आज (मंगलबार) पनि बस्दैछ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ। यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ।

संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

तपाईंको प्रतिक्रिया

थप खबर