विनियोजन र कार्यान्वयनबीचको खाडललाई पुर्ने कोशिसमा छु : मन्त्री पौडेल

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २७ । अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र कार्यान्वयनबीचमा भएको ठूलो खाडललाई पुर्न कसिएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा उनले विगत वर्षका बजेटहरुले विनियोजन र कार्यान्वयनबीच खाडल बनाएको भन्दै अर्थ मन्त्री खाल्डो झन् खन्न होईन पुर्न कसिएको बताए।

उनले भने, ‘विनियोजन र कार्यान्वयनको बीचमा ठूलो खाडल छ। यो खाडल खनेपछि खाडल भई नै हाल्छ। खनेकै खाडल हो। हामीले विगत वर्षका बजेटहरुलाई हेरौं, हामीले खाडल खन्यौ कि खनेनौ। ७ हजार योजनामा ११ हजार योजना थप्यौं, यो भन्दा उत्कृष्ट विनियोजन संसारमा खोज्न जान पर्छ। यस्तो उत्कृष्ट विनियोजनको अति उत्कृष्ट कार्यान्वयनको उदाहरण खोज्न पनि कतै जानु पर्ला त। त्यसकारण म के आग्रह गर्न चाहान्छु भने अहिले अर्थ मन्त्री खाल्डो खन्न होईन पुर्न कसिएको छ र यसमा तपाईहरुको साथ चाहिएको छ।’

तपाईंको प्रतिक्रिया

थप खबर