देशको अवस्था सही ढंगले विश्लेषण गर्ने बेला भयो : सभामुख घिमिरे

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २७ ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिकर्मीहरुले देशको अहिलेको अवस्थाको सही ढंगले विश्लेषण गर्ने उपयुक्त बेला भएको बताएका छन्।

पूर्व सांसद मञ्च, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको वर्तमान अवस्था : चूनौति र समाधान बिषयक कार्यक्रममा सभामुख घिमिरेले देशको अवस्थामा बारेमा सकारात्मक र नकारात्मक दुवै ढंगले विश्लेषण हुने गरेको भन्दै अब देशको अहिलेको अवस्थाको सहि ढंगले विश्लेषण गर्ने उपयुक्त बेला भएको बताएका हुन्।

विश्लेषणका आधारमा मुलुकलाई अघि बढाउन उपयुक्त निर्णय लिनसक्नुपर्ने उनको भनाइ छ। सभामुख घिमिरेले चैत्र १५ गते भएको हिंसात्मक घटनाको चर्चा भइरहेको अवस्थामा अहिलको प्रणालीको बिरुद्धमा समेत भएका टिकाटिप्पणी यथार्थपरक नभएको उल्लेख गरे।

व्यवस्था परिवर्तन भएपछि अवस्था परिवर्तन भएन भन्ने विश्लेषण जनताले गरेपनि यथार्थमा त्यस्तो नभएको उहाले बताए। सभामुख घिमिरेले बिभिन्न आन्दोलनबाट आएको व्यवस्थाकै कारण मुलुकको अवस्थामा व्यापक परिवर्तन भएको जिकिर गरे।

तपाईंको प्रतिक्रिया

थप खबर