भारतले पाकिस्तानमा  गरेको आक्रमणमा हालसम्म कति मारिए ?

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २५।   भारतले पाकिस्तानमाथि बुधबार गरेको मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ। बुधबार राति १ः०५ बजेदेखि साढे १ बजेसम्म भारतले पाकिस्तानका नौवटा ठाउँलाई लक्ष्य गरेर मिसाइल आक्रमण गरेको थियो ।

आक्रमणमा परी ३१ जना पाकिस्तानी नागरिकहरुको मृत्यु भएको त्यहाँको सेनालाई उद्धत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ । आक्रमणमा ४६ जना घाइते भएको पनि सेनाका प्रवक्ताले बताएका छन् । भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेपछि पाकिस्तानको सेनाले जम्मू–कश्मिरको सीमा क्षेत्र लाइन अफ कन्ट्रोलमा बमबारी गर्दा १० जना भारतीय नागरिकको मृत्यु भएको बताइएको छ । भारतले पहलगाममा भएको आतंकवादी हमलाको जबाफस्वरूप पाकिस्तानमा हवाई आक्रमण गरेको बताएको छ । आक्रमणलाई उसले ‘अपरेसन सिन्दुर’ नाम दिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर