गुडिरहेको मोटरसाइकलमाथि ढुंगा बज्रिँदा गाउँपालिका शिक्षा अधिकृतको मृत्यु

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २३।  सडकमाथिको भीरबाट खसेको ढुङ्गाले लागेर दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा अधिकृत ३८ वर्षीय केशवराज ओझाको मृत्यु भएको छ । सोमबार लेकम गाउँपालिका–४ ओदालीमा भिरबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेकम गाउँपालिकाका प्रवक्ता सुरेशसिंह थापाका अनुसार वडा नम्बर ५ स्थित चौपातामा सोमबार शैक्षिक कार्यक्रम थियो । सामाजिक विकास कार्यालयले आयोजनाको गरेको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा ओझा सवार मोटरसाइकलमाथि ढुंगा बज्रिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर