जम्मु कश्मीरमा ठूलो आतंकवादी आक्रमण, नेपाल-भारत सीमामा विशेष निगरानी

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २१।    जम्मु–कश्मीरको पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको घट्नाले नेपाल–भारतका सबै सीमा नाकामा विशेष निगरानी गर्न थालिएको छ । भारतमा अपराध गरी नेपालमा आश्रय लिनसक्ने संभावनालाई ध्यानमा राखेर सबै नाका निगरानीमा राखिएको हो ।’ एक साताअघिबाट नेपाल भारत सीमा क्षेत्रमा विशेष सुरक्षा निगरानी बढाइएको छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।

नेपाल प्रवेशका लागि भारतीय नागरिक र भारतीय मुस्लिम समुुदायका नागरिकलाई समेत कडाई गरिएको छ । नेपाली मुस्लिम नागरिकले अन्य विदेशी मुस्लिम नागरिक नेपाल प्रवेश गराउन खोजेमा सुरक्षाकर्मीले कडा निगरानीमा राख्ने गरेका छन् ।

जम्मु–कस्मिरको पहलगाममा वैशाख ९ गते भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ पर्यटक मारिएको घटनापछि भारत–पाकिस्तानबिच तनाव बढ्दा नेपालले सीमावर्ती नाका प्रवेशमा मुस्लिम नागरिकलाई कडाई गर्न थालिएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भारतसँगको सीमानाका क्षेत्रमा संयुक्त गस्ती थालेका हुन् भने दुवै सुरक्षा निकायले निगरानी पनि बढाएका हुन् । ‘गस्ती गर्ने, अनुगमन गर्ने र निगरानी गर्ने सुरक्षा निकायका नियमित कार्य हुुन’, नेपाल प्रहरीका प्रवक्ता डिआइजी दिनेश आचार्यले भने ।

तपाईंको प्रतिक्रिया

थप खबर