सदनमा गलत बोल्नेलाई तत्काल प्रतिवाद गर्न निर्देशन

  बैशाख २०, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २० । प्रधानमन्त्री केपी ओलीले पार्टीका सांसदहरूलाई सरकारले ल्याएको नीति तथा कार्यक्रम सही भएकाले ढुक्कले अघि बढ्न निर्देशन दिएका छन् । एमाले संसदीय दलको आज (शनिबार) को बैठकलाई सम्बोधन गर्दै उनले विपक्षीहरूको काम नै विरोध गर्ने भएको बताए ।

उनले भने, ‘विपक्षी भए पनि जे भए पनि विरोध गर्नुपर्छ भन्ने लागेको होला । कुनै एउटा बुँदाको पनि विपक्षले समर्थन गरेको छैन । त्यसैले विपक्षले भनेको कुरामा कुनै सत्यता छ कि भनेर घोत्लिनुपर्ने आवश्यक छैन । उनीहरूले सत्य भए पनि असत्य भए पनि विरोध गर्ने नै हुन्, हामीले असत्य लेखेको छैन । उनीहरूले सत्यको विरोध गर्ने हुन् ।’

तपाईंको प्रतिक्रिया

थप खबर