काठमाडौं सानागाउँमा एकै परिवारका तीन जनामाथि खुकुरी प्रहार, महिलाको मृत्यु

  बैशाख ०९, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ९।  काठमाडौंको सानागाउँमा एकै परिवारका तीन जनामाथि खुकुरी प्रहार हुँदा एक जनाको ज्यान गएको छ। रामेछापको खाँडादेवी घर भएका पुतली तामाङ र उनका छोराछोरीमाथि खुकुरी प्रहार भएको हो ।

पुतली तामाङको मृत्यु भएको छ । उनका ११ वर्षका छोरा र १० वर्षकी छोरीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।उनीहरुको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जानकारी दिएको छ । पुतलीका श्रीमान पदमबहादुर तामाङ फरार छन् । उनैले पत्नी र छोराछोरीलाई खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

तपाईंको प्रतिक्रिया

थप खबर