कांग्रेस सभापति देउवाले माने हार : ८४ को चुनावमा बहुमत ल्याउन नसक्ने स्वीकार !

  फागुन १९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन १९ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो पटकको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । चुनावमा एउटामात्र दलले बहुमत ल्याउने परिस्थिति नभएको भन्दै उनले अघिल्लो चुनावमा भन्दा बढी सिट जित्नुपर्ने विचार राखेका हुन् ।

प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै देउवाले सो धारणा राखेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर