राजश्व वृद्धिको प्रगतिमा मात्र चित्त बुझाएर बस्नु हुँदैन : अर्थमन्त्री पौडेल

  माघ १३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १३ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिन्दगीभरि राम्रो काम गर्ने कुरा निक्कै गाह्रो भएको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पौडेलले एउटा मानिसले एउटा कालखण्डमा राम्रो काम गरे पनि जिन्दगीभरि राम्रो काम गर्ने कुरा त्यति सहज नभएको बताए । जिन्दगीभरि राम्रो काम गर्ने मानिसहरू सबैका लागि प्रेरणाका पात्र हुने पौडेलले प्रष्ट पारे ।

पौडेलले अहिले देश राजश्वको निक्कै चापमा भएको पौडेलले बताए । गत वर्षका तुलनामा राजश्व वृद्धिमा राम्रै प्रगति भएको भए पनि यसमा चित्त बुझाएर बस्ने अवस्था भने नभएको उनले बताए । अर्थतन्त्रमा देखा परेको शिथिलतालाई प्रभावकारी ढङ्गले चलाउन सके राजश्वको लक्ष्य हासिल गर्न सकिने उनले बताए। सबै प्रकारका लिकेज र सिपेजलाई रोकेर निष्ठापूर्वक काम गर्दा चालु आर्थिक वर्षको राजश्व लक्षलाई भेट्टाउन सकिने उनले बताए । अहिलेको सरकार विशेष परिस्थितिमा बनेकोले यसले विशेष अभिभारा पुरा गर्नुपर्नेमा उनले जोड दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर