मिडियाबाजी डटकम काठमाडौँ , माघ ५ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समाजवादी मोर्चामा नजाने भएका छन् ।
बलिदान दिवसका अवसरमा शनिबार लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग कुराकानीमा अध्यक्ष यादवले प्रतिपक्षी दलहरुले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको बताए ।
अध्यक्ष यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको पनि भूमिका रहेको बताए ।