निकोलस भुसाललाई आज अदालत पेस गरिँदै

  माघ ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ ४ ।  डा. निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ । पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका उनलाई आज जिल्ला अदालतमा पेस गरिने भएको हो ।

उनलाई प्रहरीले साइबर अपराधको असुरमा विहीबार पक्राउ गरेको थियो । यसअघि पनि उनी पुस ७ गते पक्राउ परेका थिए । पुस ८ गते पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि विहीबार फेरि पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर