केपी ओलीमाथि खनिए भीम रावल, एमालेमा भएका कामको फेहरिस्त सुनाउँदै

  पुष १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष १७ । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनी एमाले अध्यक्ष केपी ओलीमाथि खनिए ।

रावलले आफू एमालेमा रहँदा विभिन्न भूमिकामा गरेका कामको फेहरिस्त पनि सुनाए । आफूले सधैं इमान्दार र कर्तव्यनिष्ठ भएर काम गरेको उनले बताए। एमालेमा आफूले सधैं संघर्ष गरेको उनले स्मरण गरे । आफ्नो व्यक्तिगत स्वार्थ केही पनि नभएको बताएका रावलले स्वदेश र विदेशमा रहेका नेपालीहरूको भविष्य सुन्दर बनाउनका लागि भने आफू कटिबद्ध रहने बताए । उनले देश र विदेशमा रहेका नेपालीहरूलाई मुलुक बनाउने अभियानमा समाहित हुन आह्वान गरे ।

तपाईंको प्रतिक्रिया

थप खबर