प्रतिनिधि सभा सचिव हर्कराज राईले लिए शपथ

  पुष १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष १७ । प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले शपथ लिएका छन् ।
सिंहदरबारमा बुधबार बिहान प्रतिनिधि सभा सचिव राईलाई सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।

शपथ समारोहमा उपसभामुख इन्दिरा राना मगरलगायत उपस्थित थिए । सभामुख घिमिरेको सिफारिसमा राईलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सचिव पदमा नियुक्त गरेका थिए । उनी झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर २ का हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर