सर्वोच्च अदालतमा आज दुईथरी संवैधानिक इजलास गठन

  पुष १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष १७ । सर्वोच्च अदालतमा आज दुईथरी संवैधानिक इजलास गठन गरिएका छन् ।

एउटा इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन् ।
अर्को इजलासमा न्यायाधीश कुमार रेग्मी छैनन् । उनको सट्टामा न्यायाधीश नहकुल सुवेदी छन् । ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विवाद न्यायाधीश रेग्मीले हेर्न नमिल्ने भएपछि दुईवटा इजलास गठन गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

रेग्मी संलग्न रहेको इजलास यसअघिकै निरन्तरता हो । यसअघि गत मंसिर १९ गते सुनुवाइ सकिएको नागरिक उन्मुक्ति पार्टीका सांसद एवं पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीको योग्यता विवादमा सुनुवाइ सकेर आज निर्णय सुनाउने भनिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर