बाजुरा केन्द्रविन्दु बनाएर ५.२ रेक्टरको भूकम्प

  पुष ०६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष ६ ।  बाजुरा केन्द्रविन्दु बनाएर आज बिहान ५ रेक्टर स्केलको भूकम्प गएको छ । बाजुराको जगन्नाथ गाउँपालिकास्थित गोत्री केन्द्रविन्दु बनाएर ५.२ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

शनिबार बिहान ४:१४ मा भूकम्प गएको थियो । भूकम्प गएपछि स्थानीयहरु त्रशित भएका छन्। भूकम्पबाट भएको क्षतिको भने एकिन विवरण आइसकेको छैन ।

तपाईंको प्रतिक्रिया

थप खबर