मौसम पूर्वानुमान : पश्चिमी वायुको सामान्य प्रभाव, सामान्यतया देशभरको मौसम सफा रहने

  पुष ०५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष ५ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी मौसम सफा रहेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा कुहिरोको लागेको छ ।

दिउँसो हिमाली, तराई र पहाडी क्षेत्र मुख्यतया सफा रहने सम्भावना छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु साथै कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर