शेयर बजार दोहोरो अंकले बढ्यो, कारोवार रकम कति ?

  जेठ ०७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,जेठ ७ ।   साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्चमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.३३ प्रतिशत अर्थात २७.५४ अंकले बढेर २०९२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९९ प्रतिशतले बढेर ३७४.०७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर