मिडियाबाजी डटकम काठमाडौँ ,वैशाख २६ । सेयर बजार नेप्से परिसुचक साताको कारोबारको चौथो दिन बुधबार सामान्य घटेर बन्द भएको छ । आज सेयर बजार ०,२१ अंकले घटेर १,९६० को विन्दुमा पुगेर बन्द भएको हो ।
आज दिनभरिमा ३०५ कम्पनीको ५८ लाख ७४ हजार ९७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५४ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ ।