मिडियाबाजी डटकम काठमाडौँ, वैशाख २० । नेप्से सूचक आज ७ अंकमाथिले घट्दै बन्द भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ७.३१ अंकले घट्दै १९ सय ९८.९६ अंकमा झरेको हो ।
अघिल्लो तीन दिन खुलेको बजारमा नेप्से सूचक ४० अंकले बढेको थियो । तथापि, ७ अंकमाथिले नेप्से सूचक घटेको यस दिन पनि झण्डै सवा ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बिहीबार माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । डेभलपमेन्ट बैंक समूह २.०३ प्रतिशतले घट्दा हाइड्रोपावर समूह १.११ प्रतिशतले घटेको छ । अरु उपसमूहको उपसूचक १ प्रतिशत कमले घटेका छन् ।
तर, यता माइक्रोफाइनान्स समूहको उपसूचक ३.४५ प्रतिशतले बढ्दा ट्रेडिङ समूहको उपसूचक आज ०.०६ प्रतिशतले मात्र बढेको छ ।