सुनको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

  बैशाख ०९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, वैशाख ९ ।  नेपाली बजारमा आज सुनको स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहदै शुक्रबारकै मूल्य १ लाख ३९ हजार ३०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार चाँदी तोलाको १७ सय २० मा कारोबार भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर