आजको शेयर बजारमा कस्ले कति कमाए ?

  चैत १४, २०८०

मिडियाबाजी डटकम काठमाडौं,चैत्र १४ । आज शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज ९ करोड ७२ लाख बढीको सेयर कारोबार भएको छ । जोशी हाईड्रोको ८ करोड३२ लाख,सोनापुर मिनरल्सको ७ करोड ३३ लाख,हिमायन रिको ७ करोड १० लाख र गोर्खाज फाइनान्सको ५ करोड ९० लाख बढीको सेयर कारोबार भएको छ ।

आज सर्वोत्तम सिमेन्टको सेयरमूल्य १० प्रतिशतले बढ्यो । यस्तै इष्टर्न हाईड्रोको सेयरमूल्य ७.२४,पिपुल्स पावरको ५.२२ र बलेफि हाईड्रोको सेयरमूल्य ४.२७ प्रतिशतले बढ्यो ।

आज कालिका लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ५.६६ प्रतिशतले घट्यो । यो दिन श्रृजनशिल लघुवित्तको सेयरमूल्य ३.९६ र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ३.७३ प्रतिशतले घटेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर