मिडियाबाजी डटकम काठमाडौं,चैत्र १४ । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई पनि सरकारले समस्याग्रस्त घोषणा गरेको छ । उक्त सहकारीले नियम विपरित कार्य गरि बचतकर्ताको बचत फिर्ता नगरेको भन्दै समस्याग्रस्त घोषणा गरेको हो ।
सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त सहकारीलाई आज ९मंगलबार० समस्याग्रस्त घोषणा गरेको छ ।
गौतमश्री सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत फिर्ता नगरेको पाईएपछि सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ ।