चैत्र महिना : कृषि विकास बैंकले घटायो ब्याजदर, कुनमा कति ?

  फागुन ३०, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,फागुन ३० । कृषि विकास बैंक लिमिटेडले निक्षेपको ब्याजदरमा कटौती गरेको छ । बैंकले चैत १ गतेदेखि लागू हुनेगरी ब्याजदरमा कटौती गरेको हो । बैंकले संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.५१०० प्रतिशत कायम गरेको छ । फागुन महिनाका लागि यो संस्थागततर्फ बैंकको अधिकतम ब्याजदर ४.९४३० प्रतिशत रहेको थियो ।

त्यस्तै बैंकले व्यक्तिगततर्फको अधिकतम ब्याजदर ६.६६६१ प्रतिशत कायम गरेको छ । जुन फागुन महिनाका लागि भने ७.४४३० प्रतिशत रहेको थियो ।

व्यक्तिगततर्फको ३ महिना अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर लागि ४.२५५१ ,६ महिनाका लागि ४.५५१ प्रतिशत तोकिएको छ । त्यस्तै ६ महिनादेखि १ वर्षसम्म अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५.२५५१ प्रतिशत तोकिएको छ । १ वर्षदेखि ५ वर्षसम्मका लागि ५.६६६१ प्रतिशत ब्याजदर तोकिएको छ ।

संस्थागत निक्षेपको ब्याजको दर ६ महिनादेखि ५ वर्षसम्मका लागि ४.०१०० प्रतिशत र उक्त अवधिका बिडिङ्गका लागि भने ४.५१०० प्रतिशत निर्धारण गरिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर