मिडियाबाजी डटकम काठमाडौं ,फागुन १७ । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरू एक सातादेखि काठमाडौंमा धर्नारत छन् । कहिले खाली खुट्टाले पैदल हिडेर मार्च गर्छन्, त कहिले संसद् भवनको दैलो ढकढक्याउँछन् ।
आफूहरुले न्याय नपाएसम्म धर्ना र प्रदर्शन गरिरहने उनीहरूको अडान छ । दिनभर सडकमा प्रदर्शन गर्ने उनीहरू हिउँदको ठण्डीमा काठमाडौंमा कसरी बसिरहेका छन् ? कसैले चासो लिएको छैन । दिउँसो होस् वा राति, भृकुटीमण्डपमा एउटै त्रिपालभित्र चिसो भुँइमा पल्टिएर थकान मेटाइरहेका छन् उनीहरू ।


