मिडियाबाजी डटकम काठमाडौं ,फागुन १६ । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन १३ गतेदेखि निष्कासन गरेको प्रतिकित्ता मूल्य रु ३६०.९० अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित आईपीओ जारी गरेको छ ।
लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै लगानीकर्ताले मेरो सेयरुबाट समेत आवेदन दिन सक्नेछन् ।