थापाथली प्रसूति गृहबाट चोरिएको शिशु फेला

  फागुन १२, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,फागुन १२ । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट चोरी भएको २६ दिने शिशु काँडाघारीमा फेला परेको छ । शिशुलाई काठमाडौंको काँडाघारीमा सकुशल फेला पारिएको प्रहरीले जनाएको छ ।

शिशु लिएर जाने महिला पनि पक्राउ परेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
हिजो शुक्रबार दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु एक महिलाले लिएर गएकी थिइन् । सीसीटिभीमा मास्क लगाएकी महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएको थियो ।

काभ्रे घर भएकी एक महिलाको शिशु चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

तपाईंको प्रतिक्रिया

थप खबर