कान्तिपुर सहकारी अध्यक्षको लुटतन्त्र : साढे ६ अर्ब हिनामिनापछि पक्राउ

  फागुन ०८, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,फागुन ८ ।  कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी पक्राउ परेका छन् । प्रहरी वृत्त बानेश्वरका अनुसार सहकारी ठगी मुद्दामा ठकुरीलाई पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंबाट उनीसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पीडितहरुको उजुरीका आधारमा मल्ललाई पक्राउ गरिएको जनाउँदै स्रोतले भन्यो, ‘अन्य केहीको पक्राउ पुर्जी ल्याएर खोजी भइरहेको छ ।’ कान्तिपुर सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ता र शेयर सदस्यको साढे ६ अर्ब रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको पाइएको छ । काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकामध्ये एक कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर