मिडियाबाजी डटकम काठमाडौं ,फागुन ८ । अस्पतालमा संक्रमण रोकथाम र नियन्त्रणका लागि कार्यरत नर्सहरुको समाज इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल आइसिएसओएनमा नयाँ कार्यसमिति चयन भएको छ ।
राजधानीमा भएको एक कार्यक्रममा आइसिसिएनको दोश्रो कार्यसमितिमा नयाँ पदाधिकारी र सदस्य चयन भएका हुन् ।
आइसिएसओएनको अध्यक्षमा श्रृजना भोमी निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा प्रमिला श्रेष्ठ, महासचिवमा निलम देवकोटा, कोषाध्यक्षमा रोशनी थापा, सहसचिवमा रोशनी राना र सहकोषाध्यक्षमा इच्छा थापा मगर चयन हुनु भएको छ। यसैगरी, सदस्यहरुमा रेश्मा डंगौल, रुकुमणी खड्का बस्नेत , सविना डंगोल, रक्षा अधिकारी, लक्ष्मी डंगोल चयन हुनु भएको छ।
इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल स्वास्थ्य संस्था सम्वद्ध संक्रमण रोकथाम र नियन्त्रणका क्षेत्रमा शिक्षा, सचेतना,अध्ययन(अनुसन्धान तथा सहकार्यका लागि सन् २० मा स्थापना भएको गैह्र नाफामूलक संस्था हो ।
शुरुवाति दिनमा नेपाल क्रिटिकल केयर डेभलोपमेन्ट फाउण्डेशन एनसिसिडिएफ तथा क्रिटिकल केयर नर्सेस् एसोसिएसन अफ नेपाल सिसिएनएएनको सहकार्यमा इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल इन्सट्रक्टर विशेष तालिम संचालन गरी २४ जना इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल इन्सट्रक्टर तयार गरिएको थियो ।
हालसम्म यस संस्थाले चारवटा इन्फेक्सन कन्ट्रोल नर्स सर्टिफिकेसन प्रोग्राम आइसिएनसिपी सम्पन्न गरिसकेको छ । अन्तर्गत देशभरका विभिन्न अस्पतालमा कार्यरत ६३ जना नर्सहरुले संक्रमण रोकथाम र नियन्त्रण विशेष तालिम हासिल गरि कार्यक्षेत्रमा रहेका छन् ।
सोसाइटिको सल्लाहाकारका रुपमा बरिष्ठ सघन उपचार विशेषज्ञ प्राडा सुवास प्रसाद, संक्रामक रोग विशेषज्ञहरु डा प्रभात अधिकारी र डा अनुप सुवेदी, बरिष्ठ नर्सहरु कृष्णा देवी प्रजापति र कविता देवकोटा हुनुहुन्छ ।
नेपाल सरकारले सञ्चालन गर्ने हरेक संक्रमण रोकथाम तथा नियन्त्रण सम्वन्धि कार्यक्रमहरुमा इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।