आजको शेयर बजार झिनो अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ११ करोड

  फागुन ०८, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,फागुन ८ ।  साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा झिनो अंकको गिरावट देखिएको छ । आइतबार राताम्मे भएर बन्द भएको सेयर बजारमा सोमबार भने सार्वजनिक बिदा रहेको थियो । कारोबारको तेस्रो दिन खुलेको नेप्सेमा पुनः झिनो अंकको गिरावट देखिएको हो ।

आज नेप्से परिसूचक १ दशमलव ७६ अंकले घटेर २०३३ दशमलव ०६ को विन्दुमा पुगेको छ । मंगलबार ३१४ कम्पनीका ७६ हजार ८ सय ३ पटकको कारोबारमा ९३ लाख ४२ हजार ५ सय ४६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९ सय ७८ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ८८ अंकले घटेर ३६४ दशमलव ३२ को विन्दुमा पुगेको छ ।
आज हाइड्रोपावर कम्पनीहरूको सबैभन्दा बढी कारोबार भएको छ भने सबैभन्दा कम कर्पोरेट डिभेन्चरहरुको भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर