मिडियाबाजी डटकम काठमाडौं ,फागुन ७ । आज सोमवारका दिन बैंक तथा वित्तीय संस्था सहित सेयर बजार बन्द हुने भएको छ ।
आज सोमबार फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, आज सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि बन्द हुनेछन् ।
अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्ने भएको छ । यसअघि आइतबार नेप्से सूचक २७.२१ अंकले घटेर २०३४.९२ विन्दुमा अडिएको छ ।