आजको मौसम : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, केहि स्थानमा हिमपातको सम्भावना

  फागुन ०५, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,फागुन ५ ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार देशको पहाडी भूभागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर