नेपालले तीन विकेट गुमाएर पुरा गर्‍यो सय रन, कुशल ६२ रनमा आउट

  माघ २५, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,माघ २५ । टियू मैदान कीर्तिपुरमा जारी नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेलम नेपालले एक सय रन पुरा गरेको छ।

ओपनर कुशल भुर्तेललई ६२ रनमा गुमाएसँगै नेपालले ३ विकेट गुमाएर सय रनको आँकडा पुरा गरेको हो। कुशलको यो एकदिवसीय अन्तर्राष्ट्रियमा सातौं अर्धशतक हो । कुशललाई साद बिन जफारले ६२ रनको अवस्थामा मोभाद्वारा क्याचआउट गराए। अहिले क्रिजम भीम सार्की १६ तथा कुशल मल्ल ३ रनमा अविजित छन् ।

त्यसअघि नेपालले ओपनर आसिफ शेखलाई ८ रनमा गुमाएको थियो भने कप्तान रोहित पौडेल पनि ८ रनमा आउट भएका थिए । कप्तान रोहितलई इश्वारजोत सोहीले आउट गर्दा त्यसअघि पहिलो विकेटका रूपमा आसिफ शेखलाई उदय भगवानले आउट गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर