अर्बपति सांसद विनोद चौधरीका भाइ अरुण किन परे पक्राउ ? यस्तो छ कारण

  माघ १८, २०८०

मिडियाबाजी डटकम काठमाडौं, माघ १८ । अर्बपति एवम् प्रतिनिधिसभा सांसद विनोद चौधरीका कान्छा भाइ व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । उनलाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

काठमाडौंको बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको हो । उनका जेठा दाई अर्बपति सांसद विनोद चौधरीले बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको घटनामा भाइ अरुणलाई पक्राउ गरिएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर