आज सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  मङि्सर २४, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर २४ । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख १८ हजार ८ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १३ सय रूपैयाँले घटेर १ लाख १७ हजार ५ सय रूपैयाँ कायम भएको हो ।

साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १६ हजार ९ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार १ हजार ४ सय ८० रूपैयाँमा कारोवार भएको चाँदी आज ५५ रूपैयाँले घटेर १ हजार ४ सय २५ रूपैयाँमा कारोवार भइरहेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर