२९० वटा सीमा स्तम्भको मर्मत कार्य सुरु

  मङि्सर २३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर २३ । सुनसरीसँग जोडिएको भारतीय सीमा क्षेत्रमा रहेका २ सय ९० वटा सीमा स्तम्भको मर्मत कार्य सुरु गरिएको छ ।

नेपालको सुनसरी र भारतको बिहार राज्यको अररिया सुपौल जिल्लाको सीमानामा रहेका सीमा स्तम्भहरुको मर्मत गरिएको हो ।

नेपालतर्फ सशस्त्र प्रहरी र भारततर्फ भारतिय सुरक्षा बल एसएसबीको टोलीले सीमा स्तम्भको मर्मत कार्य सुरु गरेका हुन् ।

सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डिआइजी अन्जनी कुमार पोखरेलका अनुसार एक हजार ७ सय ८७ सीमा स्तम्भको मर्मत भैरहेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर