आफैँले बोकेको बन्दुकको गोली लागेर युवकको मृत्यु, ६ जना पक्राउ

  मङि्सर १७, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर १७ ।  दोलखामा सिकार गएका एकजना युवकको आफैँले बोकेको बन्दुर पड्किएर गोली लाग्दा मृत्यु भएको छ ।

गएराति सिकार खेल्न गएका तामाकोशी गाउँपालिका–२ झुलेका २० वर्षीय सञ्जिव मिजारको आफैँले बोकेको बन्दुकको गोली लागेर मृत्यु भएको हो ।

गोली लागेर गम्भीर घाइते भएका मिजारलाई उपचारका लाग चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल लगिएकोमा अस्पतालले मृत घोषित गरेको थियो। प्रहरीले उनीसँगै सिकारमा गएका ६ जनालाई पक्राउ गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर