मिडियाबाजी डटकम काठमाडौं, मंसिर १६ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण थुनामै रहँलान् वा धरौटीमा छुट्लान् ? दुई न्यायाधीशबीच मतैक्य हुन नसकेपछि कौतुहल बढेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख रुपैयाँ धरौटी लिएर मुद्दाको पुर्पक्ष गर्न राय दिएका छन् । तर, अर्का न्यायाधीश प्रकाश खरेलले खाँण निर्दोष रहेको विश्वास गर्न मिल्ने मनासिव आधार नभएको उल्लेख गर्दै फरक राय पेस गरेका छन् ।
न्यायाधीशबीचको राय बाँझिँदा खाँणको निवेदन उपरको सुनुवाइ अब एकल इजलासमा हुने भएको छ। एकल इजलासमा रहने न्यायाधीशको रायबमोजिम खाँण थुनामै रहन्छन् वा धरौटीमा निस्कन्छन् भन्ने टुंगो लाग्नेछ ।