१ हजार रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

  कार्तिक २३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक २३ । नेपाली बजारमाम बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार छापावाला सुन तोलामा १ हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तोलामा ५ रुपैयाँले घटेर चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर