मिडियाबाजी डटकम काठमाडौं,कार्तिक २० । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् । भूकम्पका कारण देश असहज अवस्थामा रहेको भन्दै उनले आफ्नो युरोप भ्रमण स्थगित गरेका हुन् ।
फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति पौडेल २२ कात्तिकमा त्यसतर्फ जाने कार्यक्रम थियो। साथै फ्रान्सबाट जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने कार्यक्रम तय भएको थियो ।