मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १८ । जाजरकोट भूकम्पको निरीक्षणका लागि हेलिकोप्टरमा घटनास्थल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित जहाजबाट नेपालगञ्ज हुँदै काठमाडौँ फर्कने भएका छन् ।
आफू चढेको हेलिकोप्टर उद्धारका लागि सुर्खेत क्षेत्रमै छाडेर प्रधानमन्त्री दाहाल नियमित जहाजबाट नेपालगञ्ज एयरपोर्ट हुँदै काठमाडौँ फर्कन लागेको उनको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री दाहाल शनिबार बिहान हेलिकोप्टरबाट जाजरकोट पुगेका थिए ।